२०८० चैत्र १६ , शुक्रवार

नक्कली शरणार्थी प्रकरणमा पक्राउ परेकाहरुको आजदेखि अदालतमा बयान लिइँदै

सुनाखरी न्युज/ काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुद्दा दर्ता गरिएकाहरुको शुक्रबारदेखि अदालतमा बयान लिन थालिने भएको छ ।

गत बुधबार मुद्दा दायर गरिएका १६ जनाको काठमाठौं जिल्ला अदालतमा शुक्रबार बयान लिन सुरु गरिन लागेको हो । प्रहरीले उक्त प्रकरणमा ३० जनालाई प्रतिवादी बनाएको छ । प्रतिवादी बनाइएका १४ जना भने अहिले पनि फरार छन् । प्रहरीले पक्राउ परेकाहरुलाई हिरासतमा प्रारम्भिक बयान लिएर गत बुधबार अभियोजनपत्र दर्ता गरेको थियो ।

अब उनीहरुले न्यायाधीशसमक्ष बयान दिनेछन् । बयान सकिएपछि थुनछेकको बहस सुरु हुनेछ । थुनछेकको बहसपछि पक्राउ परेकाहरुलाई थुनामा राख्ने वा धरौटीमा रिहा गर्ने भन्ने आदेश हुनेछ ।