२०८१ बैशाख १४ , शुक्रवार

गर्मी याममा शरीरलाई स्वस्थ्य राख्न यी फलफूल खानुहोस्

सुनाखरी न्युज /  काठमाडौं – गर्मी मौसममा शरीरबाट निरन्तर निस्कने पसिनाले पनि पानीको कमी कम हुन्छ । तसर्थ, स्वस्थ रहनको लागि, हामीले आफ्नो आहारमा सही फलफूल र तरकारीहरू समावेश गर्न आवश्यक छ अनि पर्याप्त पानी पिउनु पर्छ ।। गर्मीमा मानिसलाई बढी पसिना आउँछ र यो मौसममा हाम्रो शरीरलाई बढी पानी चाहिन्छ । डिहाइड्रेसनबाट बच्न गर्मीमा मानिसले प्रशस्त पानी पिउनुपर्छ । यसका साथै पानीले भरपुर खानेकुरा पनि खानुपर्छ ।

 

आज हामी तपाईंलाई यस्तो पाँच प्रकारका खानेकुरा बारे जानकारी दिइरहेका छौँ जसलाई खाँदा तपाईंको हाइड्रेशन राम्रो हुन्छ र तपाईंको शरीरमा पानीको कमी हुँदैन ।गर्मी याममा हाम्रो शरीरलाई राम्रोसँग काम गर्नको लागि सबैभन्दा महत्त्वपूर्ण पोषक तत्वहरू मध्ये एक हो पानी । यसले शरीरका धेरै कार्यहरू नियमन गर्छ । पोषणविद्हरूले प्रायः शरीरलाई हाइड्रेट गर्न पर्याप्त पानी पिउनु पर्ने सुझाव दिन्छन् । जब तापक्रम बढ्न थाल्छ, हाम्रो शरीरमा धेरै परिवर्तनहरू हुन्छन्, जसमध्ये एक पानीको कमी हो ।गर्मी मौसममा यी फलफूल  खानु राम्रो

 

काक्रा–गर्मी याममा सबैले काँक्रा खान मन पराउनुको एउटा कारण यो हो कि यसमा पानीको मात्रा धेरै हुन्छ, जुन ९५ प्रतिशतको हाराहारीमा हुन्छ । यति मात्र होइन, काँक्रोमा पोटासियम प्रचुर मात्रामा हुन्छ, जसले गर्मीबाट बचाउँछ ।
यसका अलावा काक्राले मस्तिष्कको स्वास्थ्यलाई पनि राम्रो राख्छ । यसमा फिसेटिन भनिने एन्टी–इन्फ्लेमेटरी गुणहरू छन् । यसले मस्तिष्कलाई राम्रोसँग काम गर्न प्रोत्साहन गर्छ ।

तरबूज–यो एकदमै स्वादिष्ट फल हो । जुन गर्मी मौसममा सबैले खान मन पराउँछन् । तरबुजामा ९२ प्रतिशत पानी पाइन्छ जसले गर्मीको प्रकोपसँग लड्न मद्दत गर्छ । साथै यसले एमिनो एसिडको उत्पादनलाई बढावा दिन्छ यसले शरिरको प्रतिरक्षा बढाउन सहयोग गर्छ ।

 

स्याऊ–’दिनमा एउटा स्याउ खाँदा तपाईलाई डाक्टरकोमा जानु पर्दैन । स्याउमा ८६ प्रतिशत पानी हुने र हरेक मौसममा पान्छ । यसका साथै यो फलमा धेरै भिटामिन र मिनरल्स पनि पाइन्छ । स्याउले मुटुको स्वास्थ्यमा सुधार गर्नमा सहयोग गर्दछ ।

आरु –  आरु पनि एक यस्तो फल हो, जुन गर्मीमा हाइड्रेसनका लागि राम्रो मानिन्छ । आरुमा ८८ प्रतिशत पानी हुन्छ र यसमा फाइबर पनि राम्रो हुन्छ । यो खाँदा शरीरमा पानीको कमी हुँदैन र पाचन प्रणाली पनि राम्रो हुन्छ । धेरैलाई आरुको स्वाद मन पर्छ र यसको सेवनले स्वास्थ्यलाई पनि धेरै फाइदा पुर्‍याउँछ ।

टमाटर–टमाटरमा ९४ प्रतिशत पानी हुन्छ र सलाद, तरकारी र जुसमा समेत प्रयोग गरिन्छ । टमाटरमा भिटामिन ए प्रचुर मात्रामा हुन्छ । जसले दृष्टि हानि र उच्च रक्तचापको जोखिमलाई कम गर्न सक्छ । यसले सबै प्रकारका छालाको समस्यालाई पनि सुधार गर्न सहयोग गर्छ ।