२०८१ बैशाख १४ , शुक्रवार

मनाइयो सिथि नखः पर्व

सुनाखरी न्युज/ काठमाडौं ।
काठमाडौं उपत्यकामा नेवारी समुदायले आज सिथि नखः पर्व मनाएका छन्।  वर्षा सुरू भइसकेपछि भूमिगत पानीको सतह बढ्ने भएकाले सरसफाइ गर्न गाह्रो हुने भएकाले मनसुन सुरू हुनु अगाडि सिथि नखः मनाइन्छ।

 

सिथी नखः को दिन काठमाडौं उपत्यकाभरि इनार, कुवा, धारा लगायत पानीका स्रोत सरसफाइ गर्ने चलन छ। सिथि नखः काठमाडौं उपत्यकामा नेवारी समुदायले मनाउने वार्षिक जात्रापर्वको अन्तिम दिन हो। जेठ शुक्ल षष्ठीमा मनाइने भएकाले यो पर्वलाई षष्ठी वा सिथि नखः भनिएको हो।

 

सिथि नखःले मनसुन सुरू हुन लागेको संकेत गर्छ। मनसुनअघि मुहान सफा गरेर पानीको आपूर्ति प्रणाली व्यवस्थित गर्नु यसको उद्धेश्य हो।