२०८० चैत्र १६ , शुक्रवार

सहकारीको डेढ अर्ब हिनामिनापछि फरार भएका मेयर एमालेबाट निलम्बित

सुनाखरी न्युज /  बाग्लुङको ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपाली नेकपा ९एमाले०बाट निलम्बित भएका छन् । इमेज बचत तथा ऋण सहकारी संस्थाका बचतकर्ताहरुले जम्मा गरेको करोडौं रकम हिनामिना गरेर फरार भएको समचार बाहिरिएपछि उनलाई एमाले गण्डकी प्रदेश कमिटीको हिजो बुधबार बसेको बैठकले निलम्बन गरेको हो ।

 

‘बाग्लुङमा सञ्चालित इमेज बचत तथा ऋण सहकारी संस्थाका बचतकर्ताको बचत हिनामिना भएको’ भनी विभिन्न सञ्चारमाध्यममा प्रकाशित समाचारप्रति एमाले गण्डकी प्रदेश कमिटीको गम्भीर ध्यानाकर्षण भएको छ । त्यसक्रममा बचतकर्ताले जिल्ला प्रशासन कार्यालय बाग्लुङमा उजुरी दिएको र संस्थाका पदाधिकारीलाई यात्रा अनुमति रद्द गर्न भनी गृह मन्त्रालयले निर्देशन जारी गरेको तथ्यसमेत जगजाहेर नै छ । यसर्थ यस घटनामा आरोपित सहकारीका संस्थापक अध्यक्ष देवकुमार नेपाली र अन्य सबै सञ्चालकलाई बचतकर्ताको सम्पूर्ण रकम शीघ्र फिर्ता गर्न तथा सरकारी निकायबाट अगाडि बढाइएका छानबिनको प्रक्रियामा सहयोग पुयाउन हाम्रो पार्टी सम्बद्ध सबैलाई आग्रह गर्दछ,’ विज्ञप्तिमा भनिएको छ ।

 

एमाले गण्डकी प्रदेश कमिटी सचीव धनञ्जय दवाडीले एक विज्ञप्त्ति जारी गर्दै उनी निलम्बित भएको जनाएका हुन्। ‘‘यस घटनामा आरोपित सहकारीका संस्थापक अध्यक्ष देवकुमार नेपाली र अन्य सबै सञ्चालकहरुलाई वचतकर्ताको सम्पूर्ण रकम शीघ्र फिर्ता गर्न तथा सरकारी निकायबाट अगाडि बढाइएका छानबिनको प्रक्रियामा सहयोग पु¥याउन हाम्रो पार्टी संवद्ध सबैलाई आग्रह गर्दछ’विज्ञप्तिमा भनिएको छ । उनीसहित इमेज सहकारीका पदाधिकारी वचतकर्ताको रकम फिर्ता नगरेर हाल फरार रहेका छन् ।