२०८१ बैशाख ७ , शुक्रवार

युनाइटेड र अजोड इन्स्योरेन्सले पाए मर्जरको अन्तिम स्वीकृति, यहि आइतबार एकीकृत कारोवार

सुनाखरी न्युज/ काठमाडौं । युनाइटेड इन्स्योरेन्स र अजोड इन्स्योरेन्स कम्पनीले मर्जरको लागि अन्तिम स्वीकृति पाएका छन्। यससँगै दुवै कम्पनीले आगामी साताको आइतबार संयुक्त कारोबार गर्ने तय भएको छ।

 

मर्जर पश्चात बन्ने कम्पनीको नाम युनाईटेड अजोड इन्स्योरेन्स हुने भएको छ। डीडीए रिपोर्टअनुसार युनाइटेड र अजोड़ इन्स्योरेन्सको स्वाप अनुपात ८२.५: १०० हुनेछ। अर्थात अजोड इन्स्योरेन्सका सेयरधनीको सेयर १७.५ प्रतिशतले घट्नेछ। युनाइटेडका सेयरधनीले एक सय कित्ता पाउँदा अजोड़का सेयरधनीले ८२.५ कित्ता पाउनेछन।

 

त्यस्तै अजोड़का अहिलेका अध्यक्ष आजाद श्रेष्ठ मर्जरपछि बन्ने युनाईटेड अजोड इन्स्योरेन्स बन्ने कम्पनीको पनि अध्यक्ष रहनेछन भने श्रवण रावल कम्पनीका प्रमुख कार्यकारी अधिकृत रहनेछन। त्यस्तै अजोड़का प्रमुख कार्यकारी अधिकृत अब बन्ने युनाईटेड अजोड इन्स्योरेन्स को डेपुटी सीइओ हुनेछन।

 

अहिले अजोड़कोको चुक्तापुंजी १ अर्ब रहेको छ भने युनाइटेडको १ अर्ब ७ करोड रहेको छ। दुवै कम्पनीले पुष २७, २०७९ मा मर्जरका लागि सम्झौता गरेर बैशाख २५ २०८० मा विशेष साधारणसभा मार्फत मर्जर सम्झौता पारित गरेका थिए। युनाइटेडसँग मर्जर सम्झौता गर्नुअगाडी अजोड़ले प्रभुसँग सम्झौता गरेको थियो। तर पछि उक्त सम्झौता स्वाप लगायतका विषयमा कुरा नमिल्दा तोडिएको थियो।