२०८१ बैशाख १४ , शुक्रवार

यस्तो अवस्थामा मुटुको जाँच गराउनुहोस्

सुनाखरी न्युज / काठमाडौं – सामान्य अवस्थामा आफ्नो मुटु चलेको मानिसलाई थाहा भईराखेको हुँदैन । तर जब मुटुको धड्कन आफैलाई अनुभव हुन्छ, त्यसलाई पल्पिटेशन भनिन्छ । पल्पिटेशन सामान्य मानिसलाई पनि हुन्छ सक्छ । केहिलेकाँही मुटु तथा अन्य रोगहरुको कारणले पनि मुटु ढुकढुक भएको हुनसक्छ । तसर्थ हामीले यसको कारण पत्ता लगाउन जरुरी हुन्छ । आत्तिने प्रवृतिका मानिसमा धड्कनको समस्या सबभन्दा बढी देखिन्छ ।तर, समान्य अवस्थामापनि मुटु ढुकढुक हुन्छ भने केही समस्या भएको हुन सक्छन्। त्यसकारण समयमै चेकजाँच गर्नुपर्छ ।

 

कस्तो अवस्थामा मुटु ढुकढुक भए चेक जाँच गराउने त? प्रस्तुत छ, नेशनल कार्डियाक सेन्टर बसुन्धराका मुटुरोग विशेषज्ञ डा ओम मुर्ती अनिलको सुझावहरू स्

– ४५ देखि ५५ वर्षका महिलाहरूलाई
– उच्च रक्तचाप नियन्त्रणमा नहुँदा
– मुटुका समस्या मुटुमा भल्भको समस्या, जन्मजात मुटुको समस्या, मुटु कमजोर, मुटुमा रगत प्रवाह कम, नसाहरूमा समस्या०
– मुटु ढुकढुकसँगै छाती दुख्छभने

–मुटुको धड्कन ६० भन्दाकम वा १०० भन्दाबढी भयो भने
– शरीरमा कुनै रोगका कारण
– मुटुको ढुकढुक एक्कासी बढ्दैँ जानु वा मुटु सम्बन्धिका रोग
– वृद्धावस्थामा भएको ढुकढुक

यस्ता समस्याहरू देखियोभने चाँडोभन्दा चाँडो मुटु सम्बन्धिको चेकजाँच गर्नुपर्छ।