२०८१ बैशाख ७ , शुक्रवार

युनिक नेपाल लघुवित्तको एफपिओ खुल्यो

सुनाखरी न्युज/ काठमाडौं । युनिक नेपाल लघुवित्त वित्तीय संस्थाको थप सार्वजनिक निष्कासन (एफपिओ) आज (बिहीबार) देखि बिक्री खुला भएको छ।

 

कम्पनीले ३ करोड ७९ लाख ४२ हजार ५०० रुपैयाँ बराबरको प्रतिसेयर १०० अंकित दरका ३ लाख ७९ हजार ४२५ कित्ता एफपिओ निष्कासन गरेकाे हाे। साविकको युनिक नेपाल लघुवित्त वित्तीय संस्थगा र घोडीघोडा लघुवित्त वित्तीय संस्था मर्जर भई बनेको यस लघुवित्तमा संस्थापक सेयर ९४.०१ प्रतिशत र सर्वसाधारण सेयर ५.९९ प्रतिशत भएकोले बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ र नेपाल राष्ट्र बैंकले एक आपसमा गाभ्ने गाभिनेका लागि अन्तिम स्वीकृति पत्र प्रदान गर्दा दिएको निर्देशन बमोजिम कुल जारी पुँजीको कम्तिमा ३० प्रतिशत सेयर सर्वसाधारणलाई छुट्याउनु पर्ने भएकाले कम्पनीले उक्त सेयर निष्कासन गरेकाे हो।

 

उक्त एफपिओमा जेठ १६ गतेसम्म आवेदन दिन सकिनेछ। सो अवधिसम्म सम्पूर्ण कित्ताको लागि आवेदन नपरेमा निष्कासन अवधि जेठ २५ गतेसम्म लम्बिनेछ। लगानीकर्ताले न्यूनतम १० कित्ताका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा एक हजार कित्ताका लागि आवेदन दिन सक्नेछन्। कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल रहेको छ। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त गरी सी–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरू तथा सिडिएस एण्ड क्लियरिङले निर्माण गरेको अनलाईन सफ्वेयर ‘मेरो सयर’ प्रणाली मार्फत आवेदन दिन सक्नेछन्।

 

कम्पनीलाई केयर रेटिङ नेपालले ‘केयर एनपी बी प्लस इस्युअर’ रेटिङ प्रदान गरेको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा उच्च जोखिम रहेको जनाउँछ।