२०८० चैत्र १६ , शुक्रवार

काठमाडौंमा घट्यो सार्वजनिक सवारीको भाडा

काठमाडौं । बाग्मती प्रदेश श्रम, रोजगार तथा यातायात मन्त्रालयले प्रदेशभित्र चल्ने सार्वजनिक सवारीको भाडा घटाएको छ । केन्द्र सरकारले अन्तरप्रदेश चल्ने सार्वजनिक सवारी साधनको भाडा समायोजन गरेको केही दिनपछि बाग्मती प्रदेश सरकारले पनि प्रदेश भित्र चल्ने सवारी साधनको भाडा समायोजन गर्ने निर्णय गरेको हो ।

 

यो सँगै अब प्रदेशभरी चल्ने मालवाहक सवारी साधनमा ५ दशमलव ६९, सिटी बसमा ५।९ प्रतिशत र यात्रुवाहक बसमा ४ दशमलव १८ प्रतिशतले भाडा दर घट्ने भएको छ । कानून अनुसार अन्तरप्रदेश चल्ने सवारीको भाडा केन्द्र सरकारले निर्धारण गर्ने गर्दछ भने अन्तरपालिकास्तरमा चल्ने सवारीको भाडा प्रदेश सरकारले निर्धारण गर्ने गर्दछ ।

 

पेट्रोलियम पदार्थको मूल्य घटेपछि यसअघि केन्द्र सरकारले अन्तर प्रदेश चल्ने सार्वजनिक सवारीको भाडा दर घटाएको समायोजन गरेको थियो । बुधबार बसेको भाडा निर्धारण्समायोजन सिफारिस समितिको बैठकले भाडा दर समायोजन गर्ने निर्णय गरेको बताइएको छ । भाडा घटाइएको निर्णय आज राजपत्रमा प्रकाशित गरिएपछि भाडादर लागू हुनेछ।