२०८१ बैशाख १३ , बिहिवार

कपाललाई फुल्न र झर्नबाट यसरी बचाउनुस्

सुनाखरी न्युज / काठमाडौं –  कपाल फुल्ने समस्याले धेरैलाई चिन्तित बनाएको हुन्छ । त्यसमा पनि कम उमेरमै कपाल फुल्नु झनै चिन्ताको विषय हो । किन फुल्छ कपाल ? कसरी यसबाट मुक्ति पाउने ? यसबारे केही जानकारी लिनिुहोस। उमेर वृद्धि भएसँगै कपाल कालो बनाउने मेलानिन पिगमेन्ट तत्वमा ह्रास आउँछ । यही कारण कपालमा सेतोपना देखापर्छ । शरीरमा भिटामिन ‘बी’ १२ को कमीका कारण कपालको सेतोपन छिटो हुन्छ। यस्तो अवस्थामा यदि यो भिटामिनलाई आहारमा समावेश गरियो भने कपाल केही हदसम्म कालो हुन थाल्छ।

 

यस बाहेक यहाँ केही यस्ता घरेलु उपायहरू छन् जसले सेतो कपालको समस्यालाई हटाउन मद्दत गर्नेछ र तपाईंको कपाल प्राकृतिकरूपमा कालो हुनेछ।कम उमेरमै कपाल फुल्नबाट बचाउने घरेलु उपाय  :

१।नरिवलको तेलमा सुकेको अमलाको टुक्रा मिसाएर उमाल्ने र नुहाउनु भन्दा २ घण्टा अगाडि तेल चिसो भएपछि कपाल र टाउको मालिस गर्ने । हप्तामा दुई पटकसम्म यसो गर्दा कपाल फुल्न छाड्छ ।

२। नुहाउनु अघि प्याज र कागतीको रस मिसाएर कपालमा लगाउँदा कपाल फुल्नबाट बच्नुका साथै टुक्रने र झर्ने समस्याबाट बचाउन सकिन्छ ।

३। बदमको तेल, कागतीको रस र अमलाको रसलाई बराबर राखी कपाल मालिस गर्दा कपालमा चमक आउनुको साथै फुल्नबाट बचाउँछ ।

 

 

४। कालो तिलको दाना महिनादिन जति सेवन गर्ने र तिलको तेलले कपाल मालिस गर्दा कपाललाई सेतो हुन दिँदैन ।

५। लौकाको रसमा जैतुनको तेल वा तिल मिसाएर कपाल र टाउकाको मालिस गर्दा कपाल भर्न तथा फुलबाट बचाउँछ ।

६। लौकाको तेल वा भृंगराज ९जडीबुटी० को तेलले हप्तामा दुई तीन पटक कपाल मालिस गरी ४५ मिनेट राखेर पखाल्नु धेरै राम्रो मानिन्छ ।

७ । करी पातको हेयर पेस्ट बनाउन २ चम्चा गुजबेरी पाउडर २ चम्चा ब्राह्मी पाउडर मिसाएर त्यसमा मुट्ठीभर करी पात पिसेर राख्ने। सो मिश्रणमा आवश्यकता अनुसार पानी हालेर पेस्ट बनाउनुहोस्। । यो हेयर पेस्ट कपालमा आधा घन्टा लगाएपछि धुनुहोस्। ।