२०८१ बैशाख २९ , शनिवार

दालचिनीको धूलो दूधमा राखेर पिउनुस् कपाल झर्ने देखि मधुमहेकासम्म समस्याबाट मुक्ति

सुनाखरी न्युज / काठमाडौं –  दालचिनी अधिकांशको भान्सामा सहजै पाईन्छ। खानामा दालचिनी मिसाएर बनाउँदा खानेकुराको स्वाद बेग्लै हुन्छ । स्वादको लागि मात्र नभई दालचिनी कयौ रोगका घरेलु उपचार पनि हो। खानामा दालचिनीको प्रयोग स्वाद र स्वास्थ्य दुवैको लागि फाइदाजनक हुन्छ । दालचिनीको सेवन दूधसँग पनि गर्न सकिन्छ ।

 

दालचिनीको धूलो दूधमा राखेर पिउनाले स्वास्थ्यका लागि निकै लाभदायक हुन्छ । यति मात्र नभई दूधमा दालचिनी राखेर सेवन गर्नाले क्यान्सर र मधुमेह जस्तो बिमारीबाट छुटकारा पाउन सकिन्छ ।यीबाहेक दालचिनीमा मह मिसाएर पिउनाले छाला सम्बन्धी समस्याबाट पनि छुटकारा पाउन सकिन्छ । थाहा पाउनुहोस दालचिनी राखेर दूध पिउनुका अन्य फाइदाहरू :

कपाल र छाला
दूधमा दालचिनी राखेर पिउनाले कपाल झर्ने समस्या कम हुन्छ । यसका साथै कपाल बाक्लो र बलियो हुन्छ । यसको सेवन गर्नाले छाला सम्बन्धी अनेकौं बिमारीहरूबाट छुटकारा पाउन सकिन्छ ।

मधुमहेका लागि फाइदाजनक
मधुमेहका बिरामीका लागि सिलोनको दालचिनी निकै फाइदाजनक मानिन्छ। यसले इन्सुलिनको गतिविधिलाई उत्तेजित गरी शरीरमा इन्सुलिन प्रतिरोधलाई कम गर्दछ। त्यसैले सिलोन दालचिनी मधुमेहका बिरामीका लागि लाभदायक मानिन्छ।

बलियो हड्डी
दूधमा दालचिनी राखेर सेवन गर्नाले हड्डीलाई बलियो बनाउँछ । विशेषज्ञहरूका अनुसार, दूधको नियमित सेवन गर्नाले हड्डी सम्बन्धी समस्याबाट आराम मिल्छ ।

प्रतिरक्षा प्रणाली
दालचिनी राखेर दूध पिउनाले प्रतिरक्षा प्रणालीमा सुधार आउँछ । ससानो बच्चाहरूका लागि पनि यसको प्रयोग फाइदाजनक हुन्छ ।
क्यान्सरको जोखिम घटाउँछ।

क्यान्सर रोगको अहिलेसम्म कुनै उपचार छैन। तर सिलोन दालचिनी क्यान्सरका बिरामीका लागि एक आशाजनक घरेलु उपचार हुन सक्छ। यसमा क्यान्सरसँग लड्ने इन्जामका साथै एन्टीअक्सिडेन्ट, एन्टीइन्फ्लामेट्री र एन्टीमाइक्रोबियल गुण हुन्छ। यो सिलोन दालचिनीमा यो सब गुण हुनु भनेको शरीरमा रोग प्रतिरोधात्मक क्षमतालाई राम्रो बनाउनु हो। यसमा पाइने एन्टीअक्सिडेन्ट एंजाइम एक्टिविटीलाई बढाउँछ, जुन क्यान्सरलाई रोक्न मद्दत गर्दछ।

 

उच्च रक्तचाप घटाउन सहयोगी
हरेक किसिमको दालचिनीमा एसिड पर्याप्त मात्रा हुने गर्छ। अध्ययनका अनुसार सिलोन दालचिनीको सेवन रक्तचापलाई कम गराउन लाभकारी मानिन्छ। मुटुसम्बन्धी विभिन्न समस्याको जोखिम घटाउन पनि दालचिनीको भूमिका महत्वपूर्ण हुन्छ।