२०८१ बैशाख ७ , शुक्रवार

२०० करोड भारुको आँकडा पार गर्दै ब्लकबस्टर फिल्म‘द केरला स्टोरी ’

सुनाखरी न्युज / काठमाडौं –  हिन्दी फिल्म ‘द केरला स्टोरी’ले भारतीय बक्स अफिसमा सन् २०२३ कै सर्वोत्कृष्टमध्येको एक ओपनिङ गरेको छ । फिल्मले मंगलबारसम्म भारतीय बक्स अफिसमा बनेको छ । सुदीप्तो सेनद्वारा निर्देशित यो फिल्म ५ मेमा रिलिज भएसँगै चर्चामा छ ।

 

फिल्मले दक्षिण भारतीय राज्य केरलामा जबर्जस्ती धर्मान्तरण गर्ने कथावस्तु पेश गर्छ । फिल्मको कथावस्तुलाई निर्माताले यथार्थ दाबी गरिरहँदा प्रतिपक्षी दल र मुस्लिम सम्बद्ध संघसंस्थाले चाहिं काल्पनिक भएको भन्दै आलोचना गरिरहेका छन् ।यो फिल्मको ओपनिङ ‘पठान’पछि यस वर्षको पाँचौं ठूलो हो । साथै यो फिल्मले भारतमा हलिउडका ठूला फिल्महरु ‘एन्ट म्यान द वास्प’ र ‘जोन वीक स् च्याप्टर ४’ को लाइफटाइम कलेक्सनलाई पनि उछिन्ने बताइएको छ । यी दुवै अंग्रेजी फिल्मको भारतीय कलेक्सन ५० करोड भारु भन्दा कम छ ।

 

भारतीय फिल्मका व्यापार विश्लेषक तरण आदर्शले ‘द केरला स्टोरी’ले २०० करोड भारुको आँकडा पार गरेको जनाएका छन् । फिल्ममा अदा शर्माले शीर्ष भूमिका निर्वाह गरेकी छन् । थुप्रै बलिउड र दक्षिण भारतीय फिल्ममा काम गरेकी अदालाई यो फिल्मले रातारात चर्चामा ल्याएको छ ।

सुदीप्तो सेनको निर्देशन तथा विपुल अमृतलाल शाहको निर्माण रहेको फिल्ममा अदा शर्मा, योगिता बिहानी, सोनिया बलानी, सिद्धि इडनानी, देवदर्शिनी, विजय कृष्णलगायतको अभिनय छ । फिल्मले फरक(फरक पृष्ठभूमिका तीन युवतीहरुको कथा उठाएको छ, जसलाई धर्म परिवर्तन गर्न लगाएर आतंकवादी संगठनमा जान बाध्य पारिन्छ । यो फिल्म सत्य घटनामा आधारित भएर बनेको हो । यो फिल्मलाई कतिपय भारतीय राज्यले करछुटको अवसर दिंदा कतिपय राज्यले साम्प्रदायिक सद्भाव भड्किन सक्ने भन्दै प्रतिबन्ध लगाउने घोषणा गरेका छन् ।