२०८१ बैशाख ८ , शनिवार

सुटिङमा एक निर्देशकले आफ्नो अन्डरवेयर हेर्न चाहेको अभिनेत्रीको खुलासा

 

सुनाखरी न्युज/ मुम्बई –  बलिउड अभिनेत्री प्रियंका चोपडा आफ्नो बोलीका कारण चर्चामा आइरहन्छिन । प्रियंकाले केही समयअघि बलिउडका विषयमा ठूला खुलासा गरेकी थिइन ।प्रियंकाका अनुसार यो घटना सन २००२ देखि २००३ बीचको हो। उनी उद्योगमा नयाँ थिइन र उनले अन्डरकभर एजेन्टको भूमिका निभाउनु पर्ने थियो।

 

यो चरित्रका लागि उनले एक यस्तो निर्देशकसँग काम गरिरहेकी थिइन त्यस्तो निर्देशक उनले आजसम्म भेटेकी छैनन्।पहिला उनले उद्योगको नातावादको कुरा गरिन् भने पछि उनलाई बलिउडमा के कस्तो व्यवहार गरियोसम्मको खुलासा गरेकी छन्। अहिले भने उनले एक अन्तरवार्तामा बलिउडमा सुटिङका समयमा एक निर्देशकले आफ्नो अन्डरवेयर हेर्न चाहेको खुलासा गरेकी छन्।यो फिल्ममा एक दृश्यमा प्रियंकाले एक युवकलाई प्रलोभनमा पार्नु थियो। जसका लागि अभिनेत्रीलाई शरीरको सबै कपडा उतार्न भनिएको थियो।

 

प्रियंका यो दृश्य कपडामै दिन चाहन्थिइन्। तर निर्देशकले उनलाई उनको अन्डरवेयर हेर्न चाहेको बताएका थिए। ‘तिमीले अन्डरवेयर देखाएनौं भने यो फिल्म हेर्न दर्शक किन आउने ?’ त्यो निर्देशकले भनेको कुरा प्रियंकाले सम्झिइन्। निर्देशकको यो प्रस्ताव पछि प्रियंकाले फिल्म नै छोडिन्।