२०८१ बैशाख ६ , बिहिवार

शरणार्थी प्रकरणमा सरकार र न्यायालयको परीक्षा हुने गगन थापाको भनाई

सुनाखरी न्युज/ काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री तथा सांसद गगनकुमार थापाले नक्कली भुटानी शरणार्थी प्रकरणमा सरकार र न्यायालयको परीक्षा हुने बताउनु भएको छ ।

 

बुधवार प्रतिनिधि सभा बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै उहाँलेन्यायालयले यो प्रकरणमा न्याय गरेँ भनेर मात्रै नपुग्ने भन्दै उहाँले न्यायको अनुभुति पनि हुनुपर्ने बताउनु भयो । यो प्रकरणका दोषि कोही पनि छुट्नु नहुने पनि उहाँको भनाई छ । उहाँले अनुसन्धान कसरी भइरहेको छ भन्नेकुरा आम नागरिकले हेरिरहेका उहाँले बताउनु भयो ।

 

थापाले शिक्षा र स्वास्थ्य सेवा निःशुल्क प्राप्त गर्नसके भ्रष्टाचार न्युनिकरण हुने धारणा उल्लेख गर्नुभयो । ।उहाँले भ्रष्टाचार नियन्त्रणका लागि केवल अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई मात्रै बलियो बनाएर नहुने बताउनु भयो । सांसद थापाले यसका लागि लोकसेवा आयोगको भूमिका बढाउनेदेखि स्वार्थको द्वन्दको कानून, संवैधानिक निकायको नियुक्ति लगायतको विषयलाई पनि एक ठाउँ जोडेर राख्नुपर्ने बताउनु भयो ।