२०८१ बैशाख ८ , शनिवार

सांग्रिला डेभलपमेन्ट बैंकद्वारा साइकल ¥यालीको आयोजना

सुनाखरी न्युज/ काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले विश्व बातावरण दिवसको अवसर पारेर शनिवार डेभलपमेन्ट बैंकर्स एशोसिएसन नेपालसँगको सहकार्यमा साइकल ¥यालीको आयोजना गर्न लागेको छ ।

 

यस बैंकले गतवर्ष समेत वातावरण दिवसकादिन पहिलो बृहतसाइकल ¥याली सफलता पूर्वक सम्पन्न गरेकोमा यस वर्षसमेत अझ सशक्तपूर्वक धेरै भन्दा धेरै सहभागिता जुटाई बृहत रुपमा सम्पन्न गर्ने लक्ष्यका साथ दोस्रोे “साइकल ¥याली, २०८०” को आयोजना गर्नलागेको हो ।“इन्धन जोगाऔं, पृथ्वी बचाऔं” भन्ने मूल नाराका साथ आह्वान गरिएको योसाइकल ¥यालीमाबैंककाकर्मचारी, गाहकवर्ग, शेयरधनी एवं यस बैंक प्रति सद्भाव राख्ने सम्पूर्ण शुभेच्छुक महानुभावहरुको उत्साहजनक सहभागिताभई सम्पन्नहुनेमा बैंक विश्वस्त रहेको छ ।

यससाइकल¥यालीजेष्ठ २० गते शनिवार बिहान ७:०० बजे बैंककै वालुवाटारस्थित केन्दि«य कार्यालयको प्राङ्गणबाट शुरु भई लगभग १० कि.मी.को यात्रापश्चात सानो गौचरणमा सम्पन्न गरिनेछ । यस साइकल¥यालीबाट सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले वातावरण प्रवद्र्धन प्रतिको आफ्नो उत्तरदायित्वलाई आत्मसातगर्दै इन्धनको मितव्ययिताएवं साइकल जस्तो बैकल्पिकयातायातको साधनको प्रयोग गरि प्रदुषण नियन्त्रणमा टेवा पु¥याउनको निम्तिसमाजमा चेतना फैलाउन योगदानपुग्ने विश्वास राखेको छ । यसर्थ, यस साइकल¥यालीमा सम्पूर्ण शुभेच्छुक महानुभावहरुलाई सहभागीताको निम्तिनामदर्ता गर्न समेत यसै प्रेस विज्ञप्ती मार्फत आह्वान गरेको छ ।

यस ¥यालीमा सहभागी स्वयंले साइकलएवं अन्यआवश्यक उपकरणको व्यवस्था गर्नुपर्नेछ । ¥यालीमा सम्पूर्ण सहभागीलाई वातावरण दिवसको चिनो स्वरुपविरुवाप्रदान गरिनेछ । यसैगरि,¥यालीमानामदर्ता गर्ने पहिलो ३०० जनालाई टिसर्टको व्यवस्था गरिएको छ भने “लक्की ड्र” बाट एकजना भाग्यमानी सहभागीलाई साइकल समेत वितरण गरिनेछ । यस साइकल¥यालीलाईविभिन्न क्षेत्रका संघसंस्थाहरुको समेत आ–आफ्नो तवरबाट सहयोग तथा साथलिएर आयोजना गर्न लागिएको जानकारी गराउँदछौं ।

साथै, यससाइकल¥यालीको सम्पूर्ण विवरणकोे निम्ति यस बैंकको आधिकारीक वेवसाइट www.shangrilabank.com मा गई जानकारी लिनुहुनतथादर्ता गर्नको लागि https://www.shangrilabank.com/cyclerally मा गई यथाशिघ्रदर्ता गर्नुहुनसमेत जानकारी गराउन चाहन्छौं ।