२०८१ बैशाख ८ , शनिवार

आइएमई पेमार्फत एयरलाइन्स टिकट काट्दा रु. १२५+ क्यासब्याक

सुनाखरी न्युज/ काठमाडौं । आइएमई डिजिटल सोलुसन लिमिटेडको आइएमई पेमार्फत विभिन्न एयरलाइन्सको टिकट काट्दा सेवाग्राहीले अब रु. १२५+ क्यासब्याक पाउने भएका छन्।

 

आइएमई पेमार्फत टिकेट काट्ने ग्राहकले एयरलाइन्स कम्पनी बमोजिमको रु. ७५ वा त्योभन्दा बढी क्यासब्याक पाउनुका साथै आइएमई पेको ‘बोनस’ नामक प्रोमोकोड प्रयोगमा थप रु. ५० गरी कम्तीमा रु. १२५+ वा सोभन्दा बढी क्यासब्याक पाउन सक्ने छन्।

 

उक्त प्रोमोकोड यही जेठ ७ गतेदेखि आउँदो असार ६ गतेसम्म प्रत्येक ग्राहकले एकपटकमात्र प्रयोग गर्न पाउनेछन्।