२०८१ बैशाख १३ , बिहिवार

संस्थागत विद्यालयहरुलाई छात्रवृत्तिको विवरण पठाउन काठमाडौं महानगरकाे निर्देशन

सुनाखरी न्युज/ काठमाडौं । काठमाडौं महानगरपालिकाले महानगरभित्र सञ्चालित संस्थागत विद्यालयलाई जेठ १६ गतेभित्र छात्रवृत्तिको विवरण पठाउन निर्देशन दिएको छ ।

 

महानगरको विद्यालय शिक्षा व्यवस्थापन नियमावली बमोजिम संस्थागत विद्यालयले १० प्रतिशत विद्यार्थीलाई उपलब्ध गराउने छात्रवृत्ति जेठ १५ गतेभित्र वितरण गरी जेठ १६ गते महानगरलाई जानकारी दिन निर्देशन दिइएको हो । साथै, महानगरले छात्रवृत्ति पाउने विद्यार्थीको नामावली विद्यालयको वेबसाइटमा प्रकाशित गर्नसमेत भनेको छ ।

 

समयमा छात्रवृत्ति वितरण नगर्ने विद्यालयको विवरण सार्वजनिक गर्ने चेतावनी समेत महानगरले दिएको छ । वडाध्यक्ष र जनप्रतिनिधिलाई यस कार्यमा सहयोग तथा अनुगमन गर्नसमेत महानगरले अनुरोध गरेको छ ।