२०८१ बैशाख १४ , शुक्रवार

बढ्यो सुनको मूल्य

सुनाखरी न्युज/ काठमाडौं । नेपाली बजारमा सुनको मूल्य आज बढेको छ । हिजो सुनको मूल्य प्रतितोला एक लाख ९ हजार दुई सय रुपैयाँमा कारोबार भएकोमा आज ६ सय रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा एक लाख ९ हजार ८ सय रुपैयाँ रहेको छ भने तेजावी सुनको मूल्य प्रतितोला एक लाख ९ हजार तीन सय रुपैयाँ रहेको छ ।

त्यस्तै, आज चाँदीको मूल्य भने घटेको छ । हिजो चाँदीको मूल्य प्रतितोला एक हजार तीन सय ६५ रुपैयाँमा कारोबार भएकोमा आज घटेर प्रतितोला एक हजार तीन सय ६० रुपैयाँ मूल्य कायम भएको महासंघले जनाएको छ ।