२०८१ बैशाख १४ , शुक्रवार

आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सको सिइओमा युगेशभक्त नियुक्त

सुनाखरी न्युज/ काठमाडौं । आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सिइओ) पदमा युगेशभक्त बादे श्रेष्ठ नियुक्त भएका छन् ।

 

गत बैशाख २७ गते बसेको कम्पनीको संचालक समितिको बैठकले उनलाई सिइओमा नियुक्त गरिएको हो । नियुक्ति सिफारिस गरी स्वीकृतिको लागि नेपाल बीमा प्राधिकरणमा पेश गरेकोमा कम्पनीको नियमनकारी निकाय नेपाल बीमा प्राधिकरणबाट यहि जेठ ५ गते स्वीकृति प्राप्त भइसकेको छ ।

 

कम्पनीको मंगलबार बसेको संचालक समितिको बैठकमा युगेशभक्त बादे श्रेष्ठले कम्पनीका अध्यक्ष हेमराज ढकालबाट शपथ ग्रहण गरेका हुन् । उक्त अवसरमा कम्पनीको संचालक समिति तथा व्यवस्थापनबाट युगेशभक्त बादे श्रेष्ठलाई सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए ।