२०८१ बैशाख १४ , शुक्रवार

नक्कली शरणार्थी प्रकरणमा सरकारी वकिलको कार्यालयले आज मुद्दा दर्ता गर्ने तयारी

सुनाखरी न्युज/ काठमाडौं । सरकारी वकिलको कार्यालय काठमाडौंले नक्कली भुटानी शरणार्थी ठगी प्रकरणमा बुधबार अदालतमा अभियोजन दर्ता गर्ने तयारी गरेको छ ।

 

अभियोजनका लागि गठित आठ सदस्यीय समितिले प्रहरीले गत सोमबार बुझाएको रायसहितको प्रतिवेदन अध्ययन गरी अभियोजनपत्र दर्ता गर्ने तयारी गरेको हो । जिल्ला प्रहरी परिसर काठमाडौंले नक्कली भुटानी शरणार्थी प्रकरणमा ३३ जनाविरुद्ध मुद्दा चलाउनु पर्ने राय सहितको प्रतिवेदन बुझाएको थियो ।

 

प्रहरीले मुद्दा चलाउने तयारी गरेका ३३ जना मध्ये १६ जना प्रहरी हिरासतमा छन्, भने १७ जना अहिले पनि फरार छन् । भुटानी शरणार्थी प्रकरण संगठीत अपराध भएकाले अनुसन्धान सुरु गरेको ६० दिन भित्रमा अभियोजन दर्ता गरिसक्नु पर्ने प्रावधान भएकाले बुधबार अभियोजन दर्ता गर्नुपर्ने बाध्यता छ ।