२०८१ बैशाख ७ , शुक्रवार

गर्भवतीको मृत्यु भएपछि मृतकका आफन्तद्वारा अस्पतालमा तोडफोड

सुनाखरी न्युज/ काठमाडौं । सिन्धुली अस्पतालमा डाक्टरको लापरबाहीले गर्भवतीको मृत्यु भएको भन्दै मृतकका आफन्तले अस्पताल तोडफोडसहित राजमार्ग बन्द गरेका छन् ।

 

कमलामाई नगरपालिका-५ सिलामेकी २९ वर्षीया गर्भवती गंगा गुरूङ श्रेष्ठको मंगलबार उपचारका क्रममा मृत्यु भएपछि आफन्त सहितका आक्रोसित भिडले अस्पताल तोडफोड गरेको हो । जिल्ला अस्पतालका डाक्टर दिनेशकुमार मितले बेहोस बनाउने गलत औषधि दिएका कारण मृत्यु भएको मृतकका आफन्तले आरोप लगाएका छन् ।

 

अस्पतालमा सयौंका संख्यामा जम्मा भएकाले तोडफोडमा उत्रिएका छन्। अहिले अस्पताल परिसरमा अवस्था तनावग्रस्त छ । बिपि राजमार्गको शान्तिनगरचोकमा टाएर बालेर सडक अबरुद्ध गरिरहेका छन् ।