२०८१ बैशाख २६ , बुधवार

राष्ट्रियसभाबाट नीति तथा कार्यक्रम पारित

सुनाखरी न्युज/ काठमाडौं । सरकारले सङ्घीय संसद्मा पेस गरेको आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम राष्ट्रियसभाबाट पारित भएको छ ।

राष्ट्रियसभाको आजको बैठकले उक्त नीति तथा कार्यक्रम बहुमतले पारित गरेको हो । बैठकले सांसद तुलसाकुमारी दाहाल, बिमला घिमिरे र डा. बिमला राई पौड्यालले राख्नुभएको संशोधन प्रस्ताव बहुमतले अस्वीकृत गरेको थियो ।

 

त्यसअघि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नीति कार्यक्रममाथि सांसदले राखेको जिज्ञासाको जवाफ दिएका थिए। राष्ट्रियसभाको अर्को बैठक यही जेठ १४ गते दिउँसो १३ः१ बजे बस्नेछ ।