२०८१ बैशाख ११ , मंगलबार

प्लास्टिकको बोतलमा पानी पिउनु हानिकारक

सुनाखरी न्युज/ काठमाडौं । गर्मीमा धेरै पानी तिर्खा लाग्ने गर्दछ । त्यसैले मानिसहरु यो मौसममा पानी पिउनका लागि प्लास्टिकको बोतल प्रयोग गर्ने गर्दछन् । जो स्वास्थ्यका लागि एकदमै हानिकारक हुन सक्छ । यसले क्यान्सर, रोग प्रतिरोधात्मक क्षमता कम गर्ने, हाइपोथाइराइडिज्म, तथा विभिन्न समस्याहरु निम्त्याउन सक्छ ।

 

प्लास्टिकको बोतलमा पानी पिउनाले तपाईंको रोग प्रतिरोधात्मक क्षमतामा प्रभाव पर्दछ । प्लास्टिकको बोतलमा त्यस्ता खराब क्यामिकल्सहरु पाइन्छन् जसले इम्युनिटीलाई कमजोर बनाउने गर्दछ । प्लास्टिकको बोतलको प्रयोग धेरै गर्ने गरेमा क्यान्सर हुने सम्भावना हुन्छ ।

 

कैडमियम तथा सीसा जस्ता हानिकारक क्यामिकलले भरपूर प्लास्टिकको बोतलमा पानी पिउनबाट बच्नु पर्दछ । त्यस्तै प्लास्टिकको बोतलको धेरै प्रयोग गर्दा हाइपोथाइराइडिज्म जस्तो विमारी हुने सम्भावना हुन्छ । त्यसैले प्लास्टिकको बोतलमा पानी पिउनु हुँदैन ।एजेन्सी