२०८१ बैशाख १४ , शुक्रवार

पनीर कस्तो बेला नखाने ?

सुनाखरी न्युज/ काठमाडौं । पनीर स्वास्थ्यका लागि एकदमै फाइदाजनक हुन्छ तर तपाईंलाई थाहा छैन होला यसले नोक्सान पनि गर्छ भनेर । कुनै अवस्थामा खाँदा पनिरले पनि नराम्रो असर गर्न सक्छ । जानौं कतिबेला पनीर खानु हानिकारक हुन्छ ?

 

पनीर खान स्वास्थ्यका लागि राम्रो हुन्छ तर एकदमै धेरै सेवन गर्नु उच्च रक्तचाप भएकाहरुका लागि हानिकारक हुन सक्छ । यसको अत्यधिक सेवनले रक्तचाप बढ्न सक्छ । त्यसैले उच्च रक्तचापका विरामीले यसको कम सेवन गर्नुपर्दछ । यदी तपाईंको कोलेस्ट्रोलको मात्रा बढेको छ वा मुटुसम्बन्धी केही समस्या छ भने पनि पनीरको सेवन गर्नबाट बच्नुपर्दछ । किनकी यसमा फ्याटको मात्रा अत्यधिक हुन्छ । यदी ग्यास तथा अपचको समस्या छ भने पनि पनीरको सेवन गर्नु हुँदैन ।

 

किनकी यसमा भरपूर मात्रामा प्रोटिन हुन्छ जसले तपाईंको समस्या झनै बढाउन सक्छ । यदी तपाईंलाई कुनै प्रकारको संक्रमण छ भने काँचो पनीर खानबाट बच्नुपर्छ । यसले समस्या झनै गम्भीर बनाउन सक्छ । यदी पाचनसम्बन्धी समस्या छ भने रातको समयमा पनीरको सेवन गर्नु हुँदैन । यसले एसिडीटीको समस्या आउन सक्छ । महिनावारीको समयमा पनीर, क्रिम आदिको सेवन गर्नु हुँदैन । किनकी यस्ता चीजमा एराकिडोनिक एसिड हुन्छ, जसले महिनावारीमा हुने दुखाईलाई बढाउन सक्छ ।एजेन्सी