२०८१ बैशाख १४ , शुक्रवार

मधुमेहका बिरामीले कुन फलफूल खाने ? कुन नखाने ?

सुनाखरी न्युज / काठमाडौं – मधुमेहका बिरामीले केरासहितका फलफूलहरू खान नहुने चिकित्सकहरूले जनाएका छन् । मधुमेहका बिरामीले ग्लाइसेमिक इण्डेक्स र ग्लाइसेमिक लोडलाई ध्यान दिएर फलफूल सेवन गर्नुपर्ने चिकित्सकहरूको भनाइ छ । ग्लाइसेमिक लोड भनेको फलफूलमा रहेको सुगरको मात्र कति छिटो रगतमा घुलमिल हुन्छ र कति सुगर देखिन्छ भन्ने हो ।मधुमेहका बिरामीलाई दैनिक १८ सय क्यालोरी भन्दा बढी चाहिंदैन । जुन क्यालोरी दैनिक रूपमा खाने खाना र खाजाबाट पुग्छ ।

 

यस्तोमा थप चिनी तथा गुलियो खानेकुरा नखानु उपयुक्त हुन्छ । गुलियो खानेकुरा मधुमेहका बिरामीको लागि हानिकारक छ भनेको हामीले सुन्छौं । तर प्रायस् सबै प्रकारका फलफूल गुलियो हुन्छ । त्यसो भए मधुमेहका बिरामीले फलफूल नखाने त भन्ने पनि हुन्छ ।फलफूल खाँदा निकै सावधान हुनुपर्छ । मधुमेहका बिरामीले केरा, आँप, अँगुर, भुइँकटहर खान नहुने चिकित्सकहरूको भनाइ छ । धेरै पाकेको केरा खान नहुने सुझाव छ । अँगुर मधुमेहका बिरामीले खानै नहुने सुझाव छ । यी फलफूलहरूमा सुगरको मात्रा धेरै हुने भएकाले बिरामीहरूलाई समस्या हुन सक्ने जनाइएको छ ।

 

खानै परे एक दिनमा एउटा मात्र फलफूल खाने सुझाव छ । चिकित्सकहरूले एकै पटक धेरै फलफूल खान नहुने सल्लाह दिएका छ । बरु मधुमेहका बिरामीले किबी, बदाम, काजु, ओखर, एभोकाडो, मेवा, बेरी, स्याउ, सुन्तला, बेलौती, चेरी, नस्पाती, आरुबखडा, आरु, जामुन लगायतका फलफूल खान सकिने जनाइएको छ । चिकित्सकहरूले फलफूललाई जुस बनाएर नखान सचेत गराएका छन् । सबै फलफूल तौलेरै खान त गाह्रो होला । यद्यपि मधुमेहका बिरामीले दैनिक १०० देखि २०० ग्रामसम्म फलफूल खाँदा सुगर नियन्त्रणमा रहन्छ ।