२०८१ बैशाख १२ , बुधवार

शेयर बजारमा उछाल

सुनाखरी न्युज/ काठमाडौं । साताको कारोबारको तेस्रो दिन आज मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) उच्च अंकले बढेर बन्द भएको छ । आज नेप्से ५१.३१ अंकले बढेर एक हजार ९ सय ४२ दशमलब ६३ विन्दुमा बन्द भएको हो ।

 

सोमबार नेप्से ८.१० अंकले बढेर एक हजार ८ सय ९१ दशमलब ३१ विन्दुमा बन्द भएको थियो । शेयरबजार बढेसँगै कारोबार रकममा पनि वृद्धि भएको छ । आज दुई अर्ब २० करोड २३ हजार रुपैयाँ बराबरको मात्रै कारोबार भएको छ । सोमबार एक अर्ब २७ करोड ८७ लाख ४ हजार रुपैयाँ बराबरको मात्रै कारोबार भएको थियो । आज कारोबार भएका २१९ कम्पनीको शेयरमूल्य बढेको छ भने २ कम्पनीकोे शेयरमूल्य घटेको छ । यसका साथै एक कम्पनीको शेयरमूल्य स्थिर रहेको छ । आज चार कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ ।

 

आज खप्तड लघुवित्त वित्तीय संस्था, कालिका लघुवित्त वित्तीय संस्था, आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य १० प्रतिशतले बढेको छ । त्यस्तै आज सामुदायिक लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य पनि ९.९९ प्रतिशतले बढेको छ । नेप्सेका अनुसार सनराइज फरस्र्ट म्युचुअल फण्डका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । यसको शेयरमूल्य २ प्रतिशत भन्दा बढीले घटेको छ । त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी शिभम् सिमेन्टको भएको छ । यस कम्पनीको आज १० करोड ५ लाख रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।