२०८० चैत्र १५ , बिहिवार

रोबोटका कारण मानिसको रोजगारी संकटमा

 

सुनाखरी न्युज /काठमाडौं – संसारभर प्रविधिको विकास तीब्रगतिमा भइरहेको छ । रोबोट तथा स्मार्ट डिभाइसले मानिसको काम सहज भइरहेको छ । मेसिन तथा रोबोटको बढ्दो प्रयोगका कारण मानिसले समस्या पनि भोग्नु परेको छ । अहिले धेरै स्थानमा मानिसको ठाउँमा रोबोट तथा प्रविधिका माध्यमबाट काम लिन सुरु गरिएकोक छ ।अहिलेसम्म रोबोटले होटल तथा रेष्टुरेन्टमा वेटरको काम गरेका वा एयरपोर्टमा आगन्तुकको स्वागत गरेका समाचार हामीले पढेका थियौं । तर अब रोबोटले सेक्युरिटी गार्डको काम पनि गर्न थालेको छ ।

 

डेली स्टारको रिपोर्ट अनुसार यो रोबोटलाई मानिसजस्तै बनाउने कोसिस भएको छ ।  कम्पनीले उक्त रोबोट तयार गरेको हो ।  यसले आर्टिफिसियल इन्टेलिजेन्सको माध्यमबाट काम गर्दछ । हाल यसलाई सेक्युरिटी गार्डको रुपमा ड्युटीमा खटाइएको छ । यसले गत अप्रिल महिनाको सुरुदेखि ने काम गर्न थालेको हो ।

 

कम्पनीका अनुसार यो रोबोटमा मानिसकै जस्तै हात तथा अनुहार छ । यसले आफ्नो हातले सामान उठाउन तथा ढोका खोल्न सक्दछ । यसलाई नर्वे तथा डलासमा औद्योगिक क्षेत्रमा बनाइने एन्ड्रोइडको निगरानीका लागि खटाइएको छ ।हाल साथै अमेरिकाको वालमार्टले पनि आफ्नो काम रोबोटको सहयोगबाट गर्ने घोषणा गरिसकेको छ । वालमार्टले मानिसबाट हुने काम रोबोटबाट लिन खोजेको हो ।

 

चीन लगायत यूरोपियन तथा अमेरिकामा ड्रोनका माध्यमबाट सामानहरु होम डिलेभरी पनि सुरु गरि सकिएको छ। यसले भविश्यमा मानिसहरुले गर्ने काम रोबोटले खोस्न सक्ने अनुमान गरिएको छ । एजेन्सी