२०८१ बैशाख ४ , मंगलबार

ह्वाट्सएपले अब च्याट मेसेज इडिट गर्न दिने

सुनाखरी न्युज/ काठमाडौं । ह्वाट्सएपले अब च्याट मेसेजहरु ‘इडिट’ गर्न दिने फिचर ल्याउने भएको छ। मेसेज पठाएको १५ मिनेटभित्र मेसेज इडिट गर्न दिने ह्वाट्सएपले जनाएको छ।

 

इन्स्टाग्राम र फेसबुकको प्यारेन्ट कम्पनी मेटाकै स्वामित्वमा रहेको ह्वाट्सएपले टेलिग्राम र सिग्नल जस्ता आफ्ना प्रतिस्पर्धीहरुको सामना गर्न फिचर थप्न लागेको हो। आउने केही हप्तामा नै ह्वाट्सएप प्रयोगकर्ताहरुले यो फिचरको प्रयोग गर्न पाउनेछन्।

 

ह्वाट्सएपको विश्वर करिब २ बिलियन प्रयोगकर्ता रहेका छन्। भारतमामात्रै ४८७ मिलियन ह्वाट्सएप प्रयोगकर्ता छन्। आउने दिनमा ह्वाट्सएपलाई थप प्रयोगकर्तामैत्री बनाउने कम्पनीको योजना छ।