२०८१ जेठ ५ , शनिवार

भीमफेदी कारागारका कैदीबन्दीलाई झाडापखाला संक्रमण

सुनाखरी न्युज/ काठमाडौं । मकवानपुरको भीमफेदी कारागारका ३५ कैदीबन्दीलाई झाडापखाला संक्रमण भएको छ ।

 

सोमवार साँझ अचानक केही कैदीबन्दीमा ज्वरो आउने, बान्ता लाग्ने, पेट दुख्ने तथा झाडापखाला लाग्नेजस्ता लक्षण देखापरेका थिए । शुरूमा १ जनाबाट शुरू भएको झाडापखाला संक्रमण बिस्तारै अन्यमा फैलिँदै गएको भीमफेदी कारागारका जेलर प्रमुख तीर्थ पौडेलले जानकारी दिए ।

 

संक्रमण भई बिरामी भएका कैदीबन्दीको उपचारका लागि जिल्ला जनस्वास्थ्य कार्यालय मकवानपुरबाट २ चिकित्सक, ४ सहयोगी र प्राथमिक स्वास्थ्य केन्द्र भीमफेदी मकवानपुरबाट १ चिकित्सक, ४ सहयोगी गरी ११ जनाको टोलीले आवश्यक औषधिसहित उपचार भइरहेको जेलर पौडेलले बताए ।