२०८१ बैशाख ७ , शुक्रवार

२८औं पटक सगरमाथा आरोहण गरेर कामीरिताले तोडे आफ्नै रेकर्ड

सुनाखरी न्युज/ काठमाडौं । २८औं पटक सगरमाथा आरोहण गरेर कामीरिता शेर्पाले आफ्नै रेकर्ड तोडेका छन्। सेभेन समिट ट्रेक्स मार्फत कामीरिताले मंगलबार बिहान ९ बजेर २० मिनेटमा सगरमाथाको चुचुरोमा पाइला टेकेका हुन्।

सोलुखुम्बु घर भएका कामीरिताले विश्वकै अग्लो हिमाल सगरमाथामा सबैभन्दा धेरैपटक पुग्ने कीर्तिमान कायम गरेका छन। सेभेन समिटका अधिकृत थानेश्वर गुरागाईंका अनुसार कामीरिता विदेशीहरूसँगै शिखर पुगेका हुन्। उनी शुक्रबारसम्म काठमाडौं फर्किने बताइएको छ।

वसन्तकालीन सिजनमा उनी सगरमाथा चुचुरोमा दोस्रो पटक पुगेका हुन। बुधबार उनी २७ औं पटक सगरमाथा चुचुरोमा पुगेका थिए।