२०८१ बैशाख १४ , शुक्रवार

समाजमा शान्ति सुरक्षा, सार्वजनिक सम्पत्तिको रक्षा गर्दै नागरिकमा प्रहरी सेवाको पहुँच पुर्‍याउन प्रदेश प्रहरी प्रमुखको निर्देशन

सुनाखरी न्युज/ ताप्लेजुङ । कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक राजेशनाथ बास्तोलाले जिल्ला प्रहरी कार्यालय ताप्लेजुङको निरीक्षण भ्रमणको क्रममा कार्यलय भवन, सम्पुर्ण शाखाहरु तथा हिरासत कक्षको निरीक्षण गर्नु भएको छ ।

May be an image of 4 people

निरीक्षण भ्रमणको क्रममा वहाँले समाजमा शान्ति सुरक्षा, सार्वजनिक सम्पत्तिको रक्षा गर्दै नागरिकमा प्रहरी सेवाको पहुँच पुर्‍याउन कार्यरत प्रहरी कर्मचारीहरुलाई निर्देशन दिनु भएको छ । निर्देशनको क्रममा वहाँले धार्मिक स्थल, पर्यटकिय क्षेत्रहरु भएको तर यातायातको पहुँच कम भएको पहाडी जिल्ला ताप्लेजुङमा शान्ति सुरक्षा कायम राख्न लामो तथा छोटो दुरीको गस्ति परिचालन गरी दुरदराजमा भएका नागरिकहरुमा प्रहरी सेवाको पहुँच पुर्‍याउने तथा सचेतनामुलक कार्यक्रम संचालन गरी समाजमा घट्ने बिभिन्न प्रकारका अपराधका घटनाहरुलाई निरुत्साहित गर्न सम्पुर्ण प्रहरी कर्मचारीहरुलाई निर्देशन दिनु भएको छ ।

May be an image of 6 people and text

असहाय, गरिव, पिडामा परेका व्यक्ति तथा जेष्ठ नागरिकहरुको पिर मार्का र समस्यालाई प्राथमिकताका साथ प्रहरी सेवा प्रदान गर्न तथा आफ्नो पदिय जिम्मेवारी,आदेश निर्देशनलाई अक्षरस पालना गर्नु पर्ने बताउनु भएको छ । साथै वहाँले समाजमा अपराधका घटना हुन नदिन तथा भएका अपराधहरुको सफल अनुसन्धान गरी संगठनको छबिलाई सदैव उच्च बनाउने कार्यमा सम्पुर्ण प्रहरी कर्मचारीहरु इमान्दारी पुर्वक लागि पर्नु पर्ने बताउनु भएको छ ।