२०८१ बैशाख ४ , मंगलबार

तोलामा ८ सयले घट्यो सुन

सुनाखरी न्युज/ काठमाडौं । आज मंगलबार सुनको भाउ घटेको छ । सोमबार तोलाको १ लाख १० हजार रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ आज तोलामा ८ सय रुपैयाँले घटेर प्रतितोला १ लाख ९ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

 

तेजावी सुनको भाउ पनि तोलामा ८ सय रुपैयाँले नै घटेर प्रतितोला१ लाख ८ हजार ८ सय रुपैयाँमा किनेबच भइरहेको छ । चाँदीको भाउ भने १० रुपियाँले घटेर प्रतितोला १ हजार ३ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ।

 

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाल सुनको भाउ ९३ हजार ६ सय २० रुपैयाँ, दश ग्राम तेजावी सुनको मुल्य ९३ हजार १ सय ९० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मुल्य १ हजार १ सय ७० रुपैयाँ ५० पैसा कायम गरेको छ ।