२०८१ बैशाख १५ , शनिवार

नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले उपायका ड्राइभर पार्टनरलाई आधुनिक बैंकिङ सुविधा उपलब्ध गराउने

सुनाखरी न्युज/ काठमाडौं । नेपाल इन्भेस्टमेन्ट मेगा बैंक र उपाय सिटी कार्गोबीच उपायमा आबद्ध ड्राइभर पार्टनरहरुलाई आधुनिक बैंकिङसहित बीमालगायतका सुविधाहरु प्रदान गर्नेसम्बन्धी एक समझदारीपत्रमा हस्ताक्षर भएको छ।

 

यस समझदारीबमोजिम उपायमा आबद्ध ड्राइभर पार्टनरहरुका लागि आधिकारी बैंकका रुपमा नेपाल इन्भेस्टमेन्ट मेगा बैंक रहनेछ। बैंकले कर्पोरेट बेनिफिट सेभिङ्स अकाउन्ट (एसबीसीबीएस) योजनाअन्तर्गत ड्राइभर पार्टनरहरु सहज भुक्तानीको सुविधासहितको शून्य शेषी खाता जसमा ७ लाख रुपैयाँसम्मको दुर्घटना मृत्यु बीमा, रु. १५ हजारसम्मको औषधोपचार सुविधा र रु. ३५हजारसम्मको अस्पताल भर्ना उपचार सुविधा प्रदान गर्नेछ।

 

यो समझदारीअनुरुप नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले उपायको सहकार्यमा ड्राइभर पार्टनरहरुलाई वित्तीय साक्षरता अभिवृद्धि, आधुनिक बैंकिङ सुविधाको प्रयोगमा सरलतालगायतका अन्य विषयमा आवश्यक तालिम तथा अभिमुखीकरण गर्दै जानेछ। जसले गर्दा सम्पूर्ण यातायात क्षेत्रमा नै वित्तीय साक्षरता तथा आधुनिक बैंकिङको उपयोगिता थप सहजता हुनेछ।