२०८१ बैशाख १४ , शुक्रवार

सात वटा कम्पनीलाई ब्रोकर लाइसेन्स दिने धितोपत्र बोर्डको निर्णय

सुनाखरी न्युज/ काठमाडौं । ब्रोकर कम्पनी सञ्चालनका लागि आशयपत्र पाएका ४३ वटा कम्पनी मध्ये सात वटाले ब्रोकर लाइसेन्स पाएका छन् ।

 

नेपाल धितोपत्र बोर्डको सोमबार बसेको बैठकले आशयपत्र दिएका मध्ये सात वटालाई लाइसेन्स दिने निर्णय गरेको हो । ब्रोकर लाइसेन्स पाउनेहरुमा भोले गणेश सेक्युरिटिज, क्यापिटल म्याक्स सेक्युरिटिज, हिमालयन ब्रोकरेज, सन सेक्युरिटिज, मियो सेक्युरिटिज, शेयर प्रो सेक्युरिटिज र प्रोपर्टी विजार्ड रहेका छन् ।

 

नयाँ ब्रोकर कम्पनी सञ्चालनका लागि ४६ वटाले आवेदन दिएकोमा बोर्डले ४३ वटालाई आशयपत्र दिइसकेको छ । बोर्डले अनुमतिपत्र दिने प्रक्रिया अघि बढाएपछि त्यस विरुद्ध पुराना ब्रोकर कम्पनीहरुले सर्वोच्चमा रिट हालेकोमा सर्वोच्चले रिट खारेज गरिदिएपछि बोर्डले लाइसेन्स वितरणलाई अघि बढाएको हो ।