२०८१ बैशाख १७ , सोमवार

नेप्सेमा ८ अंकको वृद्धि

सुनाखरी न्युज/ काठमाडौं । साताको कारोबारको दोस्रो दिन आज सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) सामान्य अंकले बढेर बन्द भएको छ । आज नेप्से ८.१० अंकले बढेर एक हजार ८ सय ९१ दशमलब ३१ विन्दुमा बन्द भएको हो ।

 

आज एक अर्ब २७ करोड ८७ लाख ४ हजार रुपैयाँ बराबरको मात्रै कारोबार भएको छ । आज कारोबार भएका १३३ कम्पनीको शेयरमूल्य बढेको छ भने ७८ कम्पनीकोे शेयरमूल्य घटेको छ । यसका साथै १० कम्पनीको शेयरमूल्य स्थिर रहेको छ । आज एक कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । आज आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता १२४२.२० रुपैयाँ पुगेको छ । यसका साथै आज युनिलिभर नेपाल लिमिटेड र गुडविल फाइनान्सको शेयरमूल्य पनि आज ६ प्रतिशतले बढेको छ ।

 

नेप्सेका अनुसार ग्रीन लाइफ हाइड्रोपावर लिमिटेडका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । यसको शेयरमूल्य ७ प्रतिशत भन्दा बढीले घटेको छ । त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी शिभम् सिमेन्टको भएको छ । यस कम्पनीको आज सात करोड ३४ लाख रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।