२०८१ बैशाख १५ , शनिवार

बच्चालाई जंक फुड खाने बानी छुट्याउन चाहनुहुन्छ भने अपनाउनुहोस् यी तरिकाहरु

सुनाखरी न्युज / काठमाडौं – भनिन्छ, ‘गुड फुड’ स्वस्थ खानेकुराले ‘गुड मुड’ बनाउँछ, ‘ब्याड फुड’ले हाम्रा दिनचर्या पनि खराब बनाउँछ। यो कुरा बालबालिकाका लागि झनै महत्त्वपूर्ण छ। किनभने, खराब खानाले उनीहरूको दिनमात्रै खराब बनाउँदैन, शारीरिकदेखि मानसिक स्वास्थ्यसम्मै असर गर्छ । यस्तो बानी उनीहरूको स्वास्थ्यको लागि हानिकारक हुन सक्छ, किनभने यसले बालबालिकाको शरीरमा पोषणको कमी हुन सक्छ ।

 

बच्चालाई मन पर्ने घरमा बनाएको खाना दिनुहोस – जङ्क फुड खाने बानी छुटाउनका लागि तपाईंले थोरै मेहनत गर्नुपर्छ । तपाईंले बच्चालाई उसलाई मन पर्ने खानालाई घरमा बनाएर दिनुपर्छ । हुन त पिज्जा–बर्गर लगायत खानेकुरा बच्चाका लागि ठिक हुँदैन । तर यी खानेकुरामा पनि तपाईंले तरकारी र आटाजस्ता चिज प्रयोग गरेर स्वस्थ बनाउन सकिन्छ । यस कारण बालबालिका बिस्तारै बाहिरको खाना खान बन्द गर्नेछन ।

आकर्षक ढङ्गले पस्कनुहोस – बालबालिकालाई स्वादभन्दा पनि खाना सजाउने तरिका देखेर बाहिरका कुरा खान मन लाग्छ । त्यसैले तपाईंले बच्चाहरूका लागि जे बनाउनुहुन्छ, त्यसलाई राम्रोसँग सजाएर उनीहरूका अगाडि प्रस्तुत गर्नुहोस् । यसका लागि बालबालिकाको खानाको प्लेटलाई विभिन्न फलफूल र स्प्राउट्सले सजाउन सक्नुहुन्छ ।

थोरै थोरै खाने –  यदि तपाईलाई जंक फुड खाने इच्छा जागेमा दिनभर केहि न केहि थोरै थोरै खाने गर्नुहोस। जति तपाई जंक फुड खानु हुन्छ केहि समयपछि पेट धेरै भारी हुने गर्छ।

 

बच्चालाई खाना खुवाउन दिइने समयकेही अन्तर्राष्ट्रिय सर्वेक्षणहरूले उमेर र खाना अनुसार कम्तीमा बच्चालाई २० मिनेट समय दिनैपर्ने देखाएका छन्। फोहोर गर्छन् र समय लगाउँछन् भनेर बच्चा आफैंलाई खान दिने अभिभावक कम रहेको प्रधान बताउँछिन्। ‘बच्चालाई समय दिएर खान लगाउनुपर्छ। आमाबाबुले सधैं आफैंले खुवाइदिने हो भने बच्चा अल्छी हुन्छन्। मलाई त बुबाआमाले खुवाउनुहुन्छ भन्ने हुन्छ। उनीहरूको सक्रियता कम हुन्छ। तर बच्चालाई उमेर अनुसार आफैं खान दिने हो भने स्वाद लिएर खान्छन्। सुरुसुरुमा फोहोर गर्लान् तर फोहोर गर्नुहुँदैन भन्ने कुरा सिकाउने हो भने सिक्छन्,’ उनले भनिन्।

 

स्वस्थ चिज खान  सिकाउनुहोस्

बालबालिकालाई  जङ्क फुड खाने बानी नहोस् भनेर तीन–चार वर्षको उमेरदेखि नै बालबालिकाको खानाको दिनचर्या मिलाउनुहोस् । उनीहरूलाई समय समयमा स्वस्थकर खानेकुरा दिनुहोस् ।