२०८१ बैशाख १३ , बिहिवार

४० कटेपछि महिलाले खानामा समावेश गर्नुहोस् यी ६ चिज, ऊर्जावान् र जवान रहनुहुनेछ

सुनाखरी न्युज/ काठमाडौं । चालीस वर्षको उमेरमा हरेक महिलाको जीवनमा धेरै परिवर्तन आउँछन्, जसका कारण स्वास्थ्यसँग सम्बन्धित धेरै समस्याहरू आउन थाल्छन् । योसँगै एनर्जी लेभल पनि कम हुन थाल्छ, जसका कारण अनुहारको चमक पनि फिक्का हुन थाल्छ ।

 

यदि तपाईं ४० वर्षको उमेरमा पनि २० को चमक र ऊर्जा कायम राख्न चाहनुहुन्छ भने, तपाईंले आहारमा केहि चीजहरू (एन्टि एजिङ फुड) समावेश गर्नुपर्छ । हेल्थलाइन डट कमले महिलाले ४० कटेपछि आफ्नो खानामा के कति कुरा समावेश गर्नुपर्छ भन्नेबारे जानकारी दिँदै छौँ । यसमा मोनोअनस्याचुरेटेड फ्याट र एन्टिअक्सिडेन्ट पाइन्छ । यिनीहरूले फ्री रेडिकल्ससँग लड्न मद्दत गर्छन् । एभोकाडोको सेवनले छाला जवान रहन्छ । यो खाँदा छाला स्वस्थ हुन्छ र एन्टी एजिङको प्रभावलाई पनि कम गर्छ ।यो चियामा राम्रो मात्रामा एन्टिअक्सिडेन्ट हुन्छ । यसलाई ऊर्जाको स्तर र मेटाबोलिजम वृद्धि गर्न पनि प्रभावकारी मानिन्छ । यति मात्र होइन, यो छालामा पनि प्रभावकारी हुन्छ, जसले एन्टी एजिङको समस्याबाट छुटकारा पाउन मद्दत गर्छ । यस्तै, ग्रिन टी पिउनाले मुटुको रोगबाट पनि जोगाउँछ ।

 

डार्क चकलेट

डार्क चकलेटले छालाको चमक कायम राख्न मद्दत गर्छ । डार्क चकलेटमा फ्लेवनोल्स हुन्छ, जसले शरीरमा एन्टिअक्सिडेन्टको रूपमा काम गर्छ । यस्तै, यसले मुटु रोग र टाइप २ मधुमेहको जोखिम कम गर्न पनि राम्रो भूमिका खेल्छ ।

flax seedआलस

४० वर्ष नाघेका महिलाले आलस पनि खानुपर्छ । आलसमा लिग्नन्स भनिने एन्टिअक्सिडेन्ट हुन्छ, जसले शरीरमा फ्री रेडिकलसँग लड्न मद्दत गर्छ । साथै, यसमा ओमेगा–३ प्रचुर मात्रामा पाइन्छ, जुन स्वस्थ छालाको लागि धेरै लाभदायक मानिन्छ ।

 

pomegranateअनार

महिलाले अनार पनि खानुपर्छ । अनारमा प्रचुर मात्रामा एन्टिअक्सिडेन्ट हुन्छ, जसले छालालाई रिपेयर गर्न मद्दत गर्छ । यसका साथै घामबाट हुने क्षतिबाट छालालाई जोगाउन पनि अनारले राम्रो भूमिका खेल्छ ।

olive oilएक्स्ट्रा भर्जिन ओलिभ ओयल

जैतुनको तेलमा एन्टी इन्फ्लेमेटरी गुण हुन्छ जसले छालाको उमेर बढ्ने असरलाई टाढा राख्न मद्दत गर्छ । यति मात्र होइन एक्स्ट्रा भर्जिन ओलिभ ओयलले तपाईंलाई टाइप–टु मधुमेह र मुटु सम्बन्धि रोगबाट टाढा राख्न मद्दत गर्छ ।एजेन्सी