२०८१ बैशाख ७ , शुक्रवार

सानिमा बैंक अब लमजुङ्गको बेसीशहरमा

सुनाखरी न्युज/ काठमाडौं । सानिमा बैंक लिमिटेडले लमजुङ्गको त्रिवेणी टोल, बेसीशहर–७मा बैंक शाखा स्थापना गरी बैंकिङ्ग सेवा विस्तार गरेको छ ।

उक्त शाखा कार्यालयको समुद्घाटन ब्रान्ड प्रवद्र्धक वरिष्ठ कलाकारद्वय मदन कृष्ण श्रेष्ठज्यू र हरिवंश आचार्य (मह जोडी) तथा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत पवनकुमार आचार्यले संयुक्त रुपमा गर्नु भयो । समुद्घाटन् समारोहमा मह जोडीले लमजुङ्गको बेसीशहरमासानिमा बैंकको कार्यालय संचालनमा आएकोमा बैंकलाई बधाई ज्ञापन गर्दै सबल अनिविश्वसनीय बैंकको रुपमानिरन्तर विस्तार हुन र थप सफलताको लागि शुभकामना व्यक्त गर्नु भयो ।

त्यसैगरी सानिमा बैंकका नायबप्रमुख कार्यकारी अधिकृत पवनकुमार आचार्यद्वारा बैंकका ग्राहक तथा सरोकारवालाहरु लाई निरन्तर सहयोग तथा संरक्षणका लागि कृतज्ञता व्यक्तगर्नु भयो । सानिमा बैंकको देशका सातै प्रदेशमा१३१ वटाकार्यालयर १२२ वटा ए.टि.एम. संचालनमा रहेका छन् ।