२०८१ बैशाख ८ , शनिवार

यी चार समस्या भएका मानिसहरूले खानु हुँदैन कालो चना

सुनाखरी न्युज / काठमाडौं – शरीरका लागि चना फाइाजनक छ । यसमा प्रोटिनसँगै शरीरलाई चाहिने अन्य आवश्यक पोषक तत्वहरु पनि प्रशस्त्र मात्रामा पाइन्छन् । तर सबै व्यक्तिका लागि भने यसको सेवन फाइदाजनक नहुन सक्छ । कस्तो अवस्थामा कालो चना खानुहुँदैन ?

पाचन सम्बन्धी समस्या -पाचन सम्बन्धी समस्या भएकाले पनि कालो चनाबाट टाढा नै बस्नुपर्छ । कालो चना फाइबरले भरिपूण हुनुका साथै अन्य पोषणयुक्त तत्वले पनि भरिएको हुन्छ ।
युरिक एसिड – कालो चनाको अत्यधिक सेवनले युरिक एसिड बढाउने गर्छ । त्यसैले अगाडी नै युरिक एसिडको समस्या छ भने यसको सेवन गर्नुहुँदैन । यसले अझ युरिक एसिड उच्च मात्रामा बढाइदिन्छ ।

पेट फुल्ने समस्या – कोही व्यक्तिमा पेटको समस्या हुन्छ । जसले उनीहरुको पेट फुल्ने गर्छ । त्यसैले यस्ता समस्या भएका व्यक्तिले चना नखानु लाभदायिक हुन्छ ।

पित्त थैली सम्बन्धी समस्या – पित्त थैली सम्बन्धी समस्या भएका बिरामीले पनि चना खानु हुँदैन । कालो चना फाइबरले भरिपूर्ण हुन्छ । पित्तथैलीको समस्या भएका व्यक्तिले यसको सेवन गर्दा दुखाइ बढन सक्छ ।