२०८० चैत्र १५ , बिहिवार

शरीरमा भिटामिन डीको अभाव हुँदा देखिने पाँच संकेतहरु

सुनाखरी न्युज / काठमाडौं –  मानव शरीरलाई भिटामिन डीले धेरै फाइदा गर्छ । तर, कतिपयमा यो भिटामिन अपुगका कारण विभिन्न समस्य हुने गरेको छ । अध्ययनहरूले पनि विश्वका धेरै मानिस यो भिटामिनको अभावमै बाँचिरहेको देखाएको छ । सूर्यको प्रकाश भिटामिन डीको सबैभन्दा ठूलो स्रोत हो। शरिरको प्रत्यक कोषमा भिटामिन डी रिसेप्टर हुन्छ। जब शरिरको कोषमा सूर्यको प्रकाश पर्छ तब कोलस्टोरको मद्धतमा कोषले भिटामिन डी निर्माण गर्छ। भिटामिन डी हाड, दाँत र मसल्स स्वस्थ राख्न भिटामिट डी चाहिन्छ। तापनि भिटामिन डीको परिपूर्ति चौर्तफी वेवास्ता गरिदै आएको छ।शरीरमा भिटामिन डीको कमी भए–नभएको रगतको परीक्षणमार्फत थाहा हुन्छ । त्योभन्दा अरू केही तरिका पनि छन्, जसले रगतको परीक्षण नै नगरी पनि शरीरमा भिटामिन डीको कमी रहेको पत्ता लगाउन सकिन्छ ।

हेर्नुहोस् शरीरमा भिटामिन डीको कमी हुदाव देखिने यी पाचँ संकेतहरु

दुखाइ – शरीरमा रहेको हड्डीमा कहिलेकाहीँ दुखाइ हुनु असामान्य होइन । विभिन्न कारणले हड्डी दुख्न सक्छ । यो सबै उमेरका मानिसमा हुन सक्छ तर, अरू कारणले हुने यस्ता दुखाइ चाँडै हटेर जाने गर्छ । लामो समयसम्म रहने हड्डीको दुखाइ भने शरीरमा भिटामिन डीको कमीका कारणले भएको हुन सक्दछ । यदि यस्तो समस्या देखिएमा शरीरमा भिटामिन डीको अवस्थाको परीक्षण गर्नुपर्छ ।

थकाइ – थकान, भिटामिन डी कमीको पहिलो लक्षण हो। खाना खाएपछि अनि ७(८ घण्टाको लामो निन्द्रा पश्चात पनि थकान महसुस हुन्छ भने भिटामिन डी कमी भएको हुन सक्छ। शरिरको अस्थिपञ्जरको सहज सञ्चालन गर्न भिटामिन डी चाहिन्छ। यसको कमी हुँदा शरीर ज्यादा थाक्छ।

 

हाड, जोर्नी र कम्मरको दुखाइ –  भिटामिन डीले शरिरमा क्यालसियम खपत सन्तुलन गर्छ। हाड, मसल्स र दाँतको स्वास्थको लागि क्याल्सियम आवश्यक हुन्छ। यदि ढाड, कम्मर लगातार दुखिरहन्छ बने भिटामिन डी कमीले हुन सक्छ।

घाउ ढिलो निको हुने  –  चोट पश्चातको घाउ ढिलो निको हुने पनि भिटामिन डीको कमीले हुन सक्दछ। भिटामिन डीले जलन नियन्त्रण गर्न र इन्फेक्सन फैलिन नदिने गर्छ। भिटामिन डीको कमी भएको व्यक्तिमा घाउ निको पार्ने प्रक्रिया सुस्त हुन्छ।

कपाल झर्छ –  कपाल झर्ने धेरै कारणहरु मध्येको एक कारण हो भिटामिन डीको कमी। यसले कपालको जरा मजबुत राख्छ। यसको कमी हुँदा कपालको स्वास्थ्य गिर्छ। भिटामिन डीले शारिरक मात्र होइन मानसिक स्वास्थ्यमा पनि उत्तिकै प्रभाव पारेको हुन्छ। यसको कमी हुँदा मुड डाउन हुन्छ। यदि डिप्रेस वा मुड डाउन भएको छ भने सूर्यको प्रकाशले ताजगी ल्याउन सक्छ।