२०८१ बैशाख २६ , बुधवार

शंखमुल पार्कमा किशोरमाथि खुँडा प्रहार गर्ने एकजना पक्राउ

सुनाखरी न्युज/ काठमाडौं। काठमाडौंको शंखमुल पार्कमा किशोरमाथि खुँडा प्रहार भएको छ । खुँडा प्रहारबाट १९ वर्षीय रोहितजंग शाही घाइते भएका छन् ।

 

कैलाली घर भएका शाही बुद्दनगरमा बस्छन् । आपसमा विवाद हुँदा कैलाली घर भएर बल्खु बस्ने करण विष्टले खुँडा प्रहार गरेका हुन ।

 

खुँडा प्रहार गरेको आरोपमा प्रहरीले करणलाई पक्राउ गरेको छ । घटनाबारे जिल्ला प्रहरी परिसर ललितपुरले अनुसन्धान गरिरहेको छ ।