२०८० चैत्र १६ , शुक्रवार

डान्सबारबाट ३ जना भारतीय पर्यटक लुटिए, २ नेपाली पक्राउ

सुनाखरी न्युज/ काठमाडौं। काठमाडौँको डान्सबारबाट तीन जना भारतीय पर्यटक लुटिएका छन् । जेठ ३ गते राति कोटेश्वरस्थित डान्सबारमा पुगेका भारतीय पर्यटकहरू जगदिश प्रसाद शर्मा, सन्तोष कुमार शर्मा र अञ्जनी पारिक लुटपाटमा परेका हुन् ।

 

उनीहरुई डर त्रास देखाई दुई नेपाली युवाले साथमा भएको नगद लुट्नुका साथै मोबाइल फोनबाट रकमसमेत ट्रान्सफर गराएर फरार भएका थिए । सो कार्यमा संलग्न पदम बहादुर शाही र रन भन्ने ओम प्रकाश ऐरीलाई प्रहरीले पक्राउ गरेको छ ।

 

नुवाकोटको तारकेश्वरका शाही र कैलालीको धनगढीका ऐरीलाई उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले सिंहदरबार दक्षिणगेट अगाडिबाट पक्राउ गरेको हो । उनीहरुलाई कारबाही प्रक्रिया अघि बढाउन प्रहरी वृत्त बानेश्वर पठाइएकोमा जिल्ला अदालतबाट ४ दिनको म्याद थप भएको प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिए ।