२०८१ बैशाख १२ , बुधवार

आइएमई र सामाजिक सुरक्षा कोष बीच सम्झौता

सुनाखरी न्युज/ काठमाडौं । सामाजिक सुरक्षा कोष र आइएमई बीच वैदेशिक रोजगारमा रहेका श्रमिक र विदेशमा स्वरोजगारमा रहेका व्यक्तिहरुको सामाजिक सुरक्षा योजना अन्र्तगत सामाजिक सुरक्षा कोषमा योगदान गर्ने प्रयोजनका लागि विदेशमा रहेका योगदानकर्ताहरु बाट रकम संकलनको सेवा प्रदान गर्ने सम्झौता सम्पन्न भएको छ ।

 

सम्झौतापत्रमा सामाजिक सुरक्षा कोषकातर्फ बाट कार्यकारी निर्देशक कपिलमणि ज्ञवालीरआइएमईका तर्फ बाट प्रमुखकार्यकारी अधिकृत खिलेन्द्र पौडेलले हस्ताक्षर गर्नुभएको हो । सो सम्झौताको कार्यान्वयन पछि आइएमई तथा साझेदारहरु मार्फतवैदेशिक रोजगारमा रहेका श्रमिक र विदेशमा स्वरोजगारमा रहेका व्यक्तिलेयोगदानवापतको रकमकोषमाजम्मागर्न सक्ने छन् । आइएमईका प्रमुखकार्यकारी अधिकृत पौडेलले विदेशमा रहेका लाखौं नेपालीहरुलाई कोषमा योगदानगर्ने रकमजम्मागर्न सहजहुने गरि यो सम्झौताअनुसारको छिटै व्यवस्थामिलाइने जानकारी गराउनु भयो । कोषले अघि बढाएको वैदेशिक रोजगारमा रहेका श्रमिक र विदेशमा स्वरोजगारमा रहेका व्यक्तिहरुको सामाजिक सुरक्षायोजनाको प्रर्वद्धनका लागिसमेत सहयोग पुग्ने प्रमुखकार्यकारी अधिकृत पौडेलले उल्लेख गर्नु भयो ।

 

सामाजिक सुरक्षा कोषकातर्फबाटकार्यकारी निर्देशक कपिलमणि ज्ञवालीले आइएमई तथायसका साझेदारहरुको बिश्वव्यापी सञ्जालभएकाले कोषले अघि बढाएको योजनामा सहभागिता बढाउन तथा कोषमा योगदानगर्नेहरुलाई रकमपठाउन सहजहुने विश्वास व्यक्तगर्नु भयो । सम्झौताहस्ताक्षर समारोहमा कोषकानिर्देशक रोशन कोजु र आइएमई लिमिटेडका तर्फबाट बिजनेश डेभलपमेन्ट म्यानेजर श्यामकृष्ण खकुरेलको पनिउपस्थितीथियो । यसअघि सामाजिक सुरक्षा कोषले वैदेशिक रोजगारमा रहेका श्रमिक र विदेशमा स्वरोजगारमा रहेका नागरिकले सामजिक सुरक्षायोजनाअन्र्तगतकम्तिमा नेपाल सरकारबाट तोकिएको न्यूनतम आधारभूत पारिश्रमिकको २१ दशमलव ३३ प्रतिशत रकमअर्थात हालन्यूनतम रु दुइहजार दुई मासिक रुपमा र अधिकतम न्यूनतम आधारभूत पारिश्रमिकको तीनगुणा सम्म कोषमा योगदान गरी सुविधामा सहभागीहुनसक्ने व्यवस्थामिलाएको थियो ।

 

आइएमई लिमिटेडका बारेमाः–
आफ्नो स्थापनादेखिनै रेमिटेन्स सेवालाई प्रत्येक नेपालीको पहुँचसम्म पु¥याउन प्रतिबद्व यस कम्पनीले सेवाशुभारम्भको २१औँ वर्षसम्ममा नेपालकाशहरी तथा ग्रामिण क्षेत्रलाई समेट्ने गरी २ सय २५ आइएमई सेन्टरसहित७७जिल्लाकाकरिव १२ हजार सवएजेन्ट र बैंक तथावित्तीय संस्थाका शाखा मार्फत् विदेशमाकार्यरत नेपालीहरुले दःुख गरि कमाएको रकम देशकाविभिन्नभूगोलमा रहेका आफन्तको हातमा छिटो, छरितो,विश्वसनीय र सुरक्षिततवरबाट वितरण गर्दै आईरहेको छ ।