२०८१ बैशाख १४ , शुक्रवार

माइतीघरमा नर्सहरूले गरे विरोध प्रदर्शन

सुनाखरी न्युज / काठमाडौं –  सामाजिक सञ्जालमा नर्सहरूमाथि आरोप लगाउने, चरित्र हत्या गर्ने काम भएकोले त्यसको विरोधमा नर्सहरूले प्रदर्शन गरेका हुन ।

 

विभिन्न भिडिओलाई लिएर नर्सहरूको चरित्र हत्या गरिएको भन्दै माइतीघरमा नर्सहरूले विरोध प्रदर्शन गरेका छन । यस्तै, नर्सहरूको सुरक्षा, सेवा सुविधाका सवालमा पनि सरोकारवालाहरूको ध्यानाकर्षण गराइएको छ ।

 

उनीहरूले भिडिओ बनाएर हाल्ने व्यक्तिहरूलाई पनि कारबाहीको माग गरेका छन् ।