२०८१ बैशाख २५ , मंगलबार

सांसदका लागि अब विद्युतीय हाजिरी

सुनाखरी न्युज/ काठमाडौं। संघीय संसद सचिवालयमा सांसदहरूको विद्युतीय हाजिरी लागू गरिएको छ । सचिवालयले आजदेखि सांसदहरूका लागि विद्युतीय हाजिरी लागू गरेको हो ।

 

बैठकमा सांसदहरू उपस्थिति जनाएर पूरै बैठकमा नबस्ने गरेको संसद बैठकमै यसअघि कुरा उठेको थियो ।

 

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद असिम शाहले गत ३ फागुनको संसद बैठकमा सांसदको विद्युतीय हाजिरीको व्यवस्था गर्न ध्यानाकर्षण गराएका थिए ।