२०८३ श्रावण १९ , मंगलबार

झापामा एक पोथी हात्ती मृत फेला

सुनाखरी न्युज/ काठमाडौं। झापाको बुद्धशान्ति गाउँपालिका वडा नम्बर – ३ (साबिक बुधबारे ८) मा एउटा हात्ती मृत अवस्थामा फेला परेको छ । आदर्श सामुदायिक वनको हाताभित्र आज बिहान पोथी हात्ती मृत फेला परेको हो।

 

हात्ती मृत अवस्थामा देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेको थिए । के भएर हात्ती मरेको हो अनुसन्धान भईरहेको प्रहरीले जनाएको।