२०८१ बैशाख १३ , बिहिवार

सरसफाइ सम्बन्धी सचेतना सडक नाटक पशुपति परिसरमा

सुनाखरी न्युज/ काठमाडौं। गोकर्णेश्वरस्थित जया मल्टिपल क्याम्पसमा अध्ययरत विद्यार्थीले पशुपतिनाथ मन्दिरपरिसरमा सरसफाइसम्बन्धी जनचेतनामूलक सडक नाटक प्रस्तुत गरेका छन्। मैनादेवी फाउन्डेसनद्वारा आयोजित क्लिन अप प्रिमियर लिगको अवसरमा शुक्रबार उनीहरूले उक्त नाटक प्रस्तुत गरेका हुन्।

 

नाटकमा वातावरणीय प्रदूषणले मानव स्वास्थ्य तथा वातावरणमा पर्ने असर र सरसफाइको महत्वबारे सन्देश दिइएको थियो। नाटक प्रस्तुतसँगै विद्यार्थीले मन्दिरपरिसरमा सरसफाइ पनि गरेका थिए। कार्यक्रममा मैनादेवी फाउन्डेसनका सञ्चालक केपी खनालसहित विभिन्न संघ–संस्थाका प्रतिनिधिको उपस्थिति थियो।

 

खनालले परिवर्तनको थालनी आफैँबाट सुरु गरिनुपर्ने र जथाभावी फोहोर फाल्ने बानी त्याग्नुपर्ने बताए। क्लिन अप प्रिमियर लिग ९ वैशाखदेखि सुरु भएको सरसफाइ अभियान हो। यसमा उपत्यकाका १५ वटा क्याम्पसको सहभागिता छ। लिगमा सहभागी क्याम्पसहरूले उपत्यकालाई स्वच्छ, सफा र हराभरा बनाउने विभिन्न अभियान सञ्चालन गरिरहेका छन्।