२०८१ बैशाख ११ , मंगलबार

ग्राहकको निक्षेप सुरक्षित छ, भ्रामक समाचारको पछि नलाग्नुस् : एभरेष्ट बैंक

सुनाखरी न्युज/ काठमाडौं । एभरेष्ट बैंकले आफ्ना ग्राहकको निक्षेप सुरक्षित रहेको बताएको छ । बैंकले एक सूचना जारी गरि ग्राहकको खाता र व्यक्तिगत गोपनीयतालाई उच्च प्राथमिकतामा राखेको बताएको हो।

 

विगत केही दिनदेखि बैंकका बारेमा विभिन्न संचारमाध्यममा प्रकाशित समाचारप्रति बैंकको गम्भीर ध्यानाकर्षण भएको भन्दै ग्राहकको निक्षेप रकम सुरक्षित रहेको र यस विषलाई आफुहरुले गम्भीरताका साथ लिएको प्रट्याएको छ। सामाजिक संजालमा प्रकाशित भ्रामक समाचारको पछि नलाग्न अपिल पनि गरेको छ ।

 

बैंकका एक कर्मचारीले ग्राहकको खाताबाट अनधिकृत रुपमा रकमान्तर गरेको र बैंकले नै आन्तरिक अनुसन्धान गरी सम्बन्धित ग्राहकको खातामा उक्त रकम सोधभर्ना गरी राष्ट्र बैंकलाई जानकारी गराई सकिएको समेत बताएको छ । केहि दिन अघि एभरेस्ट बैंकको सुनसरीको इटहरी शाखाबाट ग्राहकको डेढ करोड रुपैयाँभन्दा बढी रकम झिकेको भन्दै शाखा प्रमुखसहित ९ जना कर्मचारीलाई प्रहरीले पक्राउ गरेको समाचार बाहिरिएको थियो ।