२०८० चैत्र १६ , शुक्रवार

चीनबाट भित्रियो ३५ हजार टन रासायनिक मल

सुनाखरी न्युज/ काठमाडौं। चीनसँगको नेपालको उत्तरी सीमा नाका तातोपानीबाट रासायनिक मल भित्रिन सुरु भएसँगै पछिल्लो सातादेखि करीब ३५ हजार टन रासायनिक मल नेपाल भित्रिएको छ ।

साल्ट ट्रेडिङ र कृषि सामग्री कम्पनी लिमिटेडका लागि सिल्क ट्रान्सपोर्ट कम्पनीले चीनबाट रासायनिक मल ल्याएको हो । तातोपानी भन्सारको मल राख्ने क्षमता सात हजार १ सय टन रहेकाले अहिलेलाई ७ हजार १ सय टन रासायनिक मल ल्याउने तयारी भइरहेको सिल्क ट्रान्सपोर्ट कम्पनीले जनाएको छ ।

 

यसअघि नै ट्रान्सपोर्टले ३५ सय टन कृषि समग्री र ४ हजार टन साल्ट ट्रेनिङलाई तातोपानी नाकाबाट रासायनिक मल ल्याएर बुझाइ सकेको छ । तातोपानी नाकाबाट चालु वर्षमा ४ अर्ब ६२ करोड राजस्व संकलन गर्ने लक्ष्य भए पनि अहिलेसम्म २ अर्ब ५४ करोड मात्रै राजस्व संकलन भएको छ ।