२०८१ बैशाख ६ , बिहिवार

घाँटी काटिएको अवस्थामा युवकको शव फेला

सुनाखरी न्युज/ काठमाडौं। सप्तरीमा घाँटी काटिएको अवस्थामा एक व्यक्तिको शव फेला परेको छ ।

जिल्लाको हनुमाननगर कंकालिनी नगरपालिका वडा नम्बर ४ मधवापुरस्थित खेतमा शव भेटिएको प्रहरीले जानकारी दिएको छ । अन्दाजी २५ बर्षका जस्तो देखिने युवकको घाँटी काटेर हत्या गरेको अवस्थामा शव भेटिएको हो ।

यस विषयमा अन्य अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी प्रवक्ता नरेश कुमार सिंहले जानकारी दिनुभयो ।