२०८१ बैशाख २६ , बुधवार

नेलम्बो नेपालको निःशुल्क दन्त शिविर रुपा गाउँपालिकामा सम्पन्न

सुनाखरी न्युज/ काठमाडौं। पोखरा–४ गैह्रापाटनमा रहेको नेलम्बो नेपालले कास्कीको रुपा गाउँपालिकामा ५ दिने निःशुल्क दन्त शिविर सम्पन्न भएको हो । रुपा गाउँपालिकाको समन्वयमाम वडा नं. ५ देउरालीमा रहेको श्री विश्व शान्ति माध्यमिक विद्यालयको प्राङ्गणमा सञ्चालन भएको शिविरमा ३०३ जनाले उपचार लिएका छन् ।

सो शिविरमा दन्त परिक्षण, दाँत भर्ने, दाँत निकाल्ने, दाँत सफा गर्ने, दाँतको एक्सरे, गिँजाको उपचार दाँतको जरै देखि उपचार (आर.सी.टि) र औषधी वितरण गरिएको थियो । उक्त शिविर वडा नं. ५ का वडा अध्यक्ष राजन खनालको सभापतित्वमा रुपा गाउँपालिकाका अध्यक्ष नवराज आोझाको प्रमुख आथित्यतामा कार्यक्रम सञ्चालन भएको हो । उक्त दन्त शिविरमा डा.सिजन मर्सानीको नेतृत्वमा ८ जनाको टोली उपचारमा संग्लन रहेको थियो । नेलम्बो नेपालसँग दन्त शिविरलाई प्रभावकारी बनाउनको लागि अत्याधुनिक उपकरण जडित मोवाइल डेण्टल भेन रहेको र सम्पूर्ण उपचारको व्यवस्था पनि भेन भित्र नै रहेकोले दन्त शिविर प्रभावकारी र फलदायि रहेको उपचारमा संलग्न सेवा ग्राहीहरुले बताए ।

 

रुपा गाउँपालिकाका अध्यक्ष नवराज ओझाले नेलम्बो नेपालसँग पहिलेको वर्षहरुमा पनि निःशुल्क दन्त शिविरहरु सञ्चालन गरेको र सेवा निकै प्रसंशनीय रहेकोले नेलम्बो नेपालसँग सहकार्य गरि शिविर सञ्चालन गरेको बताउनु भयो । त्यसै गरी कार्यक्रममका सभापति राजन खनालले आफुले धेरै प्रकारका शिविरहरु देखेको र यस्तो विशिष्ट प्रकारको सुविधिा सम्पन्न शिविर अहिले सम्म नदेखेको बताउनु भयो । उक्त शिविरमा उपचार गराईएका विरामीहरुलाई फलोअप गरी पुनः उपचार पनि रहेको नेलम्बो नेपालका कार्यक्रम संयोजक भीम प्रसाद भण्डारीले बताउनु भयो ।